काठमाडौं, ६ असोज । युगवाणी मिडिया नेटवर्कका सल्लाहकार सम्पादक एबम बरिष्ठ पत्रकार रमेश तूफानलाई नेपाल प्रेस काउन्सीलले सम्मान प्रदान गरेको छ ।
काउन्सीलको स्थापना दिवसको अवसरमा आज राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार तूफानलाई प्रदान गर्नुभयो ।
बिगत चार दशकदेखि पत्रकारितामा सकृय तूफान गोरखा पत्र संस्थानको अध्यक्ष , राससको सम्पादककोसाथै बिभिन्न साप्ताहिक पतृकामा सम्लग्न हुनु भएको थियो । हाल वहा युगवाणीमा सल्लाहकार सम्पादकको रुपमा कृयाशील हुनुहुन्छ ।
उक्त समारोहमा विभिन्न शिर्षकमा अन्य दर्जन बढि पत्रकारलाई पनि सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
