काठमाडौँ, २३ भदौ । बाँकेको शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन् । दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, चालक ४५ वर्षीय जुगबहादुर चन्दको र सहचालकको मृत्यु भएको हो । अर्का मृतकको नाम खुलेको छैन ।
दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाएको डीएसपी सुन्दर तिवारीले बताउनु भयो ।
वर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ ।
घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेज र नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
