काठमाडौ, १० भर्दा । बालुवाटारस्थित ललिता निवासभित्रको जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएका चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा उनीहरुलाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै ललिता निवास जग्गा सो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई किर्तेको अभियोग नलागेपनि उनीहरुको जग्गा जफत गर्न मागदाबी गरेको छ।
सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले करिब १८ अर्ब रूपैयाँ नोक्सानी ठहर गर्दै किर्ते तथा संगठित अपराध अनुसन्धान प्रतिवेदनमा २८६ जनालाई प्रतिवादी बनाएको थियो।
सरकारी वकील कार्यालयले सञ्चार सचिव कृष्ण बहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य,सीपीका खेतान लगायतलाई थपेर २९० जनालाई प्रतिवादी बनाएको छ।
