काठमाण्डौं, ६  भदौं ।  भारतले चन्द्रलोकमा ठाएको चन्द्रायान–३ चन्द्रमाको सतहमा अवतरण भएको छ ।  यो चन्द्रयान आज बुधबार साँझ नेपाली समय अनुसार साँझ ५ः५९ बजे  अवतरण भएको हो ।

यो जानकारौ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)  दिएको हो । यो यान चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा ‘सफ्ट ल्यान्डिङ’ भएको हो । यो चन्द्रयान गत १४ जुलाईमा ईसरोले श्रीहरिकोटाबाट चन्द्रयान ३ पठाएको थियो ।

यस अघि अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भएको छैन । भारतले दक्षिणी ध्रुवीय क्षेत्रबाट चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ ल्यान्डिङ गर्दै इतिहास रचेको छ ।

भरतीय  संचार  माध्यमका अनुसार अब भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ ।

भारत चन्द्रमामा सफलता हासिल गर्ने चौथो देश हो । यसअघि अमेरिका, सोभियत संघ र चीनले चन्द्ममा आफ्नो यान अवतरण गराइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर