काठमाडौं,५ भदौ । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान स्थगित गरेको छ।
पार्टीले यही भदौ १० गतेदेखि २४ गतेसम्म उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकको समझदारी अनुरुप स्थगित गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वर्षा नसकिएको र संसद पनि चल्ने समय भएकोले अभियान केही समयपछि गर्ने समझदारी बनेको हो ।
वैठकले भदौ २४ गतेदेखि २६ गतेसम्म बिपी साहित्य महोत्सव भव्यताका साथ मनाउने निर्णय गरेको छ।
