काठमाडौँ, २८ साउन । नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवमा सुजित कँडेल, सचिवमा सञ्जीव गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो र सह-कोषाध्यक्षमा प्रणीलमान श्रेष्ठलाई निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्रराज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मञ्जु गिरी, शिवबहादुर सापकोटा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकार पि.एन अधिकारी मनोनीत गरेको छ रासस
