काठमाडौं, २९ चैत्त । पछिल्लो चौबीस घण्टामा ३१२५ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
थप संक्रमितसँगै कुल सङ्क्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एन्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
सो संख्या आरटी पीसीआरबाट सङ्क्रमणको पुष्टि भएकामा जोडिएको छैन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्र १५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १४१ जना सङ्क्रमित विसेक भएका छन् । यस सँख्यासँगै अहिलेसम्म २ लाख ७४ हजार २७ जना विसेक भइसकेका छन् ।
यसैगरी पछिल्लो चौबीस घण्टामा सङ्क्रमणबाट एक ब्यक्तिको मृत्यु भएको छ भने यस सँगै मृत्युसँख्या ३०४० जना पुगेको छ ।
अहिलेसम्ममा २३ लाख १२ हजार ९०१ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर