खलङ्गा, २२ साउन । दार्चुलामा छ किलो एक सय ग्राम चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलङ्गाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

प्रहरीका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर