विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्रीमाओवादी केन्द्रका बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकासमन्त्री नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई कार्यविभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर