काठमाडौं, १२ साउन – नेपाली सुगम संगीतका प्रतिभाशाली २ गायक, गायिका निखिता थापा र जनक ताम्राकारले एकसाथ ‘पियार’ बोलको सांगीतिक सौगात सार्वजनिक गरेका छन्। पृथक स्वादको हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फिचर्ड छन्। भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन्।

भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। करिव ३ वर्ष अघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ। गायिका थापाले ‘उडायो हावाले’, ‘रंग’ जस्ता सुपरहिट गीत ल्याइसकेकी छिन् । निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक: https://youtu.be/kZObwuXXxXw

 

प्रतिक्रिया

सम्बन्धित खवर