काठमाडौँ, ३ साउन ।  राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ ।क्याथे प्यासिफिकको हङकङ प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ ।   विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ ।

अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले  जानकारी दिनुभयो ।बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ । प्राप्त जानकारीअनुसार दुई जनालाई पक्राउ पनि गरिएको छ । घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर