काठमाडौँ,३ साउन । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गरिएका भवनहरु भत्काउने अभियान थालेको छ ।
यसैक्रममा आज महानगर प्रहरीको टोलीले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना डोजरव्दारा भत्काउन थालेको छ ।

उक्त सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि उक्त भवन खाली गराउन निर्देशन दिएको थियो ।

पूर्व राजनीतिकर्मी ८६ वर्षीया घलेले सञ्चालन गर्दै आएको उक्त सदनभित्र वाचनालय, पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, उपभोक्ता सहकारी संस्थाका साथै विद्यालय पनि छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर