काठमाडौँ, २७ असार ।  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो ।अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको थिएन । बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा निर्णय गरिने भएको छ ।

यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर