काठमाडौं, २५ चैत । पछिल्लो चौबीस घण्टामा ४१०० जनाको आरटी पीसीआर परीक्षण गर्दा थप  २९८ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।दुबै मिलाएर आज  ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखापरेको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो समय १६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना रहेका छन् ।

थपिएका उक्त सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७८ हजार ८१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले २२०१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर