काठमाडौ, १० असार । अधिवक्ता वर्षाकुमारी झाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता गर्नु भएको छ।
उक्त मुद्दा आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ।
यसअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको थियो ।
