काठमाण्डौं, ९ असार । नेपाली कांग्रेसका युवा नेता विकास लामाको निधन भएको छ ।

सिन्धुपाल्चोकका  पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

ब्लड क्यान्सर पीडित उहाँ केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किनु भएको थियो ।

विचारधारामा स्पष्ट र जनस्तरमा अत्यन्त मिलनसार लामा १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उमेदवार बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर