काठमाडौ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि शल्यक्रिया गरेर पेसमेकर राखिएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्याइएको थियो । मंगलबार दिउँसो उहाँको मुटुको शल्यक्रिया भएको हो ।
गत मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुर्याइएको थियो । उहाँको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो ।
पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो । जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ । मुटुको चाल कम हुँदा पेसमेकरको प्रयोग गरिन्छ । जसले मुटुको धड्कनलाई व्यवस्थापन गर्छ ।
‘
