काठमाडौँ, २४ चैत । नेकपा (माओवादी केन्द्र)ले आफ्ना चार जना सांसदलाई सांसद पदबाट हटाउन संसद् सचिवालयमा पत्र बुझाएको माओवादीका प्रमुख सचेतक देव गुरुङले बताउनुभएको छ ।
ती सासंदहरुमा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी रहनुभएको छ ।
उहाँहरुले माओवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको र नेकपा एमालेको केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहनुभएको छ ।
उहाँहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित हुनुभएको छ ।
संसद् सचिवालयले सो पत्र अनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उहाँहरू सांसद पदबाट औपचारिक रूपमा हट्नु हुनेछ ।
उहाँहरु सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

यसैगरी राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने निर्णय माओवादीले गरेको र सोको जानकारी केही दिनमा संसद् सचिवालयलाई दिइने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर