काठमाण्डौं, २ असार ।  राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उहाँका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभएको छ ।

अधिकारीका अनुसार राति अलि गाह्रो भएर अस्पताल ल्याइएको हो। चिकित्सकहरूले कमजोरीका कारण भनेका छन् ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ।

मुटुमा समस्या देखिएपछि गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो। त्यसअघि भारतको नयाँ दिल्लीमा उहाँको उपाचार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर