काठमाण्डौं, २४  चैत । काठमाण्डौंमा   सोमबार राति भूकम्पको सामान्य धक्का महसुस गरिएको छ ।

यो भूकम्पको केन्द्रविन्दु भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी भन्ने ठाउँ भएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाण्डौंले जनाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरू झापा,मोरङ, सुनसरीमा कडारुपमा महसुश भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार भूकम्प ५.८ म्याग्निच्यूडको  थियो ।

काडमाण्डौंमा यो भूकम्पको धक्का राति ९ बजेर ४ मिनेटमा महसुस गरिएको थियो ।

केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्व नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी आएको बताउनु भएको छ ।

नेपालमा यसले के कति क्षति ग र्‍यो  वा गरा सोको जानकारी भने प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर