तनहुँ, २४ जेठ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको एक सय ५३ घार वितरण गरेको छ ।
आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो ।
कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिनुभयो ।
ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई यसरी मौरीसहितको घार वितरण गरिएको हो ।
कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरुलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण कार्य गर्दै आएको आएको छ
मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पुर्याउन मौरीसहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ
