ललितपुर २० जेठ ।नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उहाँले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट गर्दै  उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्,  एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने बताउनुभयो ।

सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै  पार्टीलाई मात्र सहयोग गर्ने बताउनुभयो । “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर