काठमाण्डौं, १२ जेठ ।म्यानचेस्टर युनाइटेडले यस सत्रको इङ्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष चौथो स्थान पक्का गर्दै आगामी सत्रको युरोपियन च्याम्पियन्स् लिग खेल्ने मौका बनाएको छ ।

प्रिमियर लिगको गए राति भएको खेलमा चल्सीलाई ४-१ को गोल अन्तरले हराउँदै म्यनयुले एक खेल अगावै शीर्ष चारमा आफ्नो पक्का गरेर यो स्थिति बनाएको हो ।

आफ्नो  घरेलु मैदानमा भएको खेलमा युनाइटेडले हापटाइम अघि २ र पछि थप अरु २ गोल गर्यो । जवाफमा पाहुना टोली चेल्सीले एक गोल मात्र गर्न सक्यो ।

यो जितसँगै म्यानयु ३७ खेलबाट ७२ अंकसहित शीर्ष तेस्रो पुगेको छ ।

यसपटक लिगको एक खेल बाँकी छँदा नै विजेतासहित शीर्ष चारको टुंगो लागिसकेको छ । शीर्ष एकमा रहेर म्यान्चेस्टर सिटीले उपाधि पक्का गरिसकेको छ भने दोस्रो स्थान आर्सनालले लिइसकेको छ । चौथो स्थनमा ७० अंकका साथ न्यु कासल युनाइटेड रहेको छ ।

पाँचौ स्थानमा रहेको लिभरपुलले त्यत्ति नै खेलबाट ६६ अंक मात्र जम्मा गरको छ । शीर्ष चारमा पुग्न नसक्दा अब लिभरपुलले आगामी सत्रको च्याप्पियन्स् लिग खेल्न पाउने छैन ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर