काठमाण्डौँ, ९ जेठ ।  राजधानीमा हिजोदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा हिजो भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित गर्‍यो । यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ ।

नेपालले आफ्नो दोस्रो खेल आज मंगलबार बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।

सोही स्थानमा हिजै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ । भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो । यस जितसँगै भारतले ३ अङ्क जोड्यो ।

यो प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर