मध्यविन्दु, २९ वैशाख। राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाल प्रेस युनियन नवलपरासी ९बर्दघाट सुस्तापूर्व०नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले कार्यकारी सम्पादक बस्नेतलाई बिहीबार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार रहेको छ । पुरस्कारका लागि छनोट हुनुभएका बस्नेतले राष्ट्र पुकार साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नुभएको हो । उहाँ साढे दुई दशकदेखि राससमा आवद्ध हुनुहुन्छ । कानुनमा स्नातक र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर बस्नेतले यसअघि राससको प्रमुख समाचारदाता र सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

यसैगरी सोही पुरस्कार नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजङ्ग शाह, बिबीसी नेपाली सेवाका ईश्वर जोशी र डा भूमिराज चापागाईँलाई समेत प्रदान गरिने प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटाले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेसका नेता सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो । उहाँका छोरा तथा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कार स्थापना गर्नुभएको हो । आगामी जेठ ५ गते नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११औँ अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष किशोर नेपाल, राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षय धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय महासचिव पोषण केसी र पूर्वसचिव रामजी दाहाल, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेलगायत पत्रकार सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर