काठमाडौ, २४ वैशाख । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन् । आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले शपथ लिएका हुन् ।
बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् ।
यसअघि डा श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि शपथ भने बाँकी थियो । बुढाथोकीले आजै शपथ पनि पदभार ग्रहणसमेत गरेका छन् । आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उहाँले बताएका छन् ।

आयोगको सदस्यका रुपमा यसअघि नै डा रामकुमार फुँयाल, डा जयकान्त राउत, प्रा डा आरपी विच्छा र डा रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन् ।

को हुन् बुढाथोकी ?

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन् । त्रिभुवनविश्व विद्यालयबाट तथ्याङ्क शास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् ।

नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेश जस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभव साथै युएनडिपी, युएस आईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर