काठमाण्डौ, २१ चैत । म्यान्मारको लोकतान्त्रिक आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता नेपाली कांग्रेसले व्यक्त गरेको छ। नेपाली काँग्रेसको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकलेसो निर्णय गरेको हो ।सेनाको बर्बर दमनको भत्सर्ना गर्दै सम्पूर्ण विस्व समुदायलाई पनि आह्वान गरेको छ । पार्टीको प्रस्तावमा भनिएको छ ।

हालसम्म ५०० भन्दा बढी नागरिकको हत्या गरि ५००० भन्दा बढी नागरिकहरूलाई गैर कानुनी रुपमा सैनिक हिरासतमा राखिनु अत्यन्तै दुःखद छ । त्यसैले, लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाद्वारा निर्वाचित सरकारलाई तत्काल पुनर्वहाली गर्न प्रजातन्त्रवादी नेतृ एवं नोवेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी सहित बन्दी बनाईएका राजनीतिक दलका नेता तथा लोकतन्त्रका लागि संघर्षरत सम्पूर्ण स्वतन्त्रताप्रेमी म्यानमारका नागरिकहरुलाई अविलम्व विना शर्त रिहाई गर्दै लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

विश्वको कुनै पनि भूगोलमा भएका स्वतन्त्रता, नागरिक अधिकार, लोकतन्त्र, विधिको शासन, मानव अधिकारको आन्दोलनलाई नेपाली कांग्रेसले स्थापनाकालदेखि नै समर्थन गर्दै आएको स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र म्यानमारको लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेस र आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसी बीच घनिष्ठ सम्बन्ध रहेको तथ्य समेत स्मरण गर्दै जारी लोकतान्त्रिक आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछौं । यसै गरी लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारको रक्षाका लागि म्यानमारमा भईरहेको आन्दोलनको पक्षमा दृढतापूर्वक समर्थन तथा सैनिक कू को भत्सर्ना गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू, संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी अन्तराष्ट्रिय संघ–संगठन र सम्पूर्ण लोकतान्त्रिक देश र पार्टीहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर