काठमाडौँ, १९ चैत्र । बलिउडकी बरिष्ठ अभिनेत्री एवम् भाजपाकी सांसद किरण खेर ब्लड क्यान्सर रोगबाट पीडित हुनभएको छ ।

६८ वर्षीया अभिनेत्रीको मुम्बईमा उपचार भइरहेको छ। चन्डीगढका बीजेपी अध्यक्ष अरुणले उक्त जानकारी भारतीय सञ्चार माध्यमलाई दिनुभएको छ ।
उहाँका अनुसार किरणलाई गत वर्ष नोभेम्बरमा यो रोग पत्ता लागेको थियो।

अरुण सूदले भन्नुभएको छ, गत वर्ष नोभेम्बर ११ मा किरणको बाँया हात भाचिँएको थियो। त्यस लगत्तै चंडीगढको पोस्ट ग्रेजुएट इंस्टिट्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआईएमईआर) मा उपचारका क्रममा उहाँलाई मल्टिपल मायलोमा भएको पत्ता लागेको थियो।

किरण खेरले २०१४ मा पहिलो लोकसभा चुनाव लड्नुभएको थियो । उहाँले कांग्रेसका पवन बन्सल र आम आदमी पार्टीका गुल पनागलाई हराउँदै जित्नुभएको थियो । २०१९मा पवन बन्साललाई हराएर उहाँ पुन लोकसभा सांसद निर्वाचित हुनुभयो।

किरणले १९८३ मा पंजाबी फिल्म आसरा प्यार दरा बाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो । बलिउडमा उहाँको पहिलो चलचित्र पेस्तोंजी थियो। उहाँले पहिलो पटक हिन्दी चलचित्र सरदरी बेगमबाट राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएको थियो ।

किरणको पहिलो विवाह मुम्बईस्थित व्यवसायी गौतम ब्यारीसँग भएको थियो जससँग उहाँका एक छोरा अलेक्ज्याण्डर छन्। पछि उहाँ अभिनेता अनुपम खेरसँग नजिक हुनुभयो र ब्यारीसँग सम्बन्धविच्छेद गर्नुभएको थियो र अनुपमसँग विवाह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर