बेदकोट, २५ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् ।

पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाले जानकारी दिएको छ ।

पछिल्लो केही दिनयता बाघको बिगबिगी भएपछि सो क्यामेरा जडान गरिएको जनाइएको छ ।

उहाँका अनुसार पुर्नर्वास–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी–२ को थापाचोक नजिक स्वाचालित क्यामेरा जडान गरिएको छ ।

उक्त क्यामरा राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा जडान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर