काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो स्थानमा कृत्रिम फोक्सो राखेको हो ।
मन्त्रालयको मूलद्वारमा एकातिर रातो रङ्ग स्वस्थ फोक्सो र अर्कोतिर सेता रङ्गको कृत्रिम फोक्सो राखिएको छ ।
सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ ।
नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो ।
