काठमाण्डौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित बबिन्स रेष्टुराँको छ तलामाथिबाट खसेर उहाँ घाइते हुनुभएको थियो ।
रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उहाँ भूँइमा खस्नु भएको बताईएको छ ।गम्भीर अवस्थाका घाइते उपाध्यायलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो । सो अस्पतालले साझ ५ बजे निधन भएको जानकारी गराएको प्रहरीले बताएको छ ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुनुहुन्छ । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ । रासस
