बेथानचोक, २० फागुन ।काभ्रेको बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना त्यहाँको समुदायलाई हस्तान्तरण गरिएको छ । यो आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाइएको छ ।

कूल रु एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ लागतमा निर्माण सम्पन्न उक्त खानेपानी तथा सरसफाइ आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ साल भदौमा सुरु भएको थियो ।

आयोजना गाउँपालिकाको रु ४९ लाख २२ हजार छ सय ४६, रोटरी क्लब बौद्धको रु ९२ लाख ७३ हजार नौ सय ४३, समुदायबाट रु छ लाख ९९ हजार र जनश्रमदान रु ४७ लाख ६७ हजार छ सय ६७ मा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर