काठमाण्डौ १६ फागुन । अर्जेन्टिनाका फुटबलर लियोनल मेसीलाई फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड  प्राप्त भएको छ । मेसी कै कप्तानीमा रहेको अर्जेनटिनाले ३६ वर्षपछि यसपटक विश्वकप ट्रफी जितेको थियो ।

गएराति एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षिय मेसीले सो अवार्ड हात पारेका हुन् । मेसी हाल पेरिस सेन्ट जर्मेनबाट खेल्दछन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो। विजेताको लागि भने फिफाका सदस्य राष्ट्र, प्रशिक्षक र पत्रकारको मतको आधारमा निर्णय गरिएको हो, समर्थकको मतलाई आधार मानिदैन ।

अवार्ड विजेता मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए।

यस्तै सन् २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर