काठमाण्डौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ ।उहाँ भूतपूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुनुहुन्छ ।

चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी प्राप्त डा सापकोटालाई मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गरेको हो ।

सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप-कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

त्यस्तै प्रधानमन्त्रीको प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर