काठमाडौँ, १४ चैत । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट ३ जनाको मृत्यु भएको छ ।
यससँगै मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै संक्रमित संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ ।
यसैगरी, चौविस घण्टामा ९३ जना संक्रमणबाट विसेक भएका छन् ।
अहिलेसम्म २ लाख ७२ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर