काठमाडौँ,२४ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको ५९ वर्षको उमेरमा आज निधन भएको छ ।
उहाँ प्रोस्टेट क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको छोरा नर्बु घलेले जानकारी दिनुभएको छ ।
मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहदै आउनुभएको थियो ।
उहाँ ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।
उहाँले लामो समय भारतको नयाँ दिल्लीमा रहेर उपचार गराउुनुभएको थियो ।
