काठमाडौँ, २१ माघ । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताउनुभएको छ ।
पार्टीेको पाँचाँै केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ की गलत त्यो व्यवहारले देखाउने उल्लेख गर्नुभयो । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो ।बैठक आइतबारसम्म जारी रहनेछ । पच्चीस पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न राजनीतिक आयामका बारेमा चर्चा गर्नुभएको छ । त्यसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति आदि रहेको बताइएको छ ।
उहाँले भन्नुभयो, “हामी समाज बदल्न चाहन्छौँँ ।” अध्यक्ष नेपालले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेशण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताउनुभयो ।
अध्यक्ष नेपालद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गर्नुभएको छ ।
