काठमाण्डौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले अर्याललाई अर्को व्यवस्था नहुँदासम्मको लागि सो जिम्मेवारी दिएको हो ।

यो जानकारी पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले दिनुभएको हो  । उहाँले जनाउनुभयो : रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको हो ।

यस्तै, सो पार्टीको शुक्रबारै बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त सो पदमा अर्याललाई चयन गर्ने निर्णय गरेको छ ।

पार्टीले यस चुनौतीपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमित रही विधिको र कानुनको सम्मान गर्न अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर