
काठमाडौँ, ११ माघ । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाह अघि फेसबुकमा त्यसका कारणसहितको नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि र कुनै उपाय नदेखेपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त नोटमा लेखेका छन् ।
आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । उनको ८० प्रतिशत शरीर जलेको थियो ।की ।