काठमाडौं , १० माघ। गीतकार मुकुन्द पौडेलको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छैन केही डर गीतको म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  गौरव गिरी निर्देशित म्युजिक भिडियोमा चर्चित नायक धिरेन शाक्यसहित अनिता केसी, नुशा खातुन, भद्र जङ कुँवर, राम लक्ष्मण बिष्ट, दुर्गा चन्द ठकुरी र बालकलाकारद्व्य उमङ हुमागाई र उत्कर्ष हुमागाईको अभिनय रहेको छ । बिषम आचार्यको स्वर रहेको उक्त भिडियोको प्रस्तुतकर्तामा आर कुमार रहेका छन् ।

उत्तम हुमागाई छायांकार रहेको उक्त भिडियो भद्र जङ कुँवरले सम्पादन गरेका हुन । जोसेफ शाही ठकुरीको संगित र बिसम आचार्यको एरेन्जमा गीत तयार भएको हो ।

गीतकार मुकुन्द पौडेलका  चार वटा गीत रेकर्ड भैसकेका छन् भने तीन वटा म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ । साथै उहाँ अर्को गीतको पनि भिडियो बनाउने पर्खाईमा हुनुहुन्छ। केही समय पहिले रेकर्ड भएका उहाँका गीत दर्शक र श्रोताले निकै रूचाएका छन् । जसमा चर्चित गायक प्रमोद खरेल, मनोजराज शिवाकोटी, केदार नेपाली र गायिका अस्मिता अधिकारीको स्वर रहेको थियो । पौडेलका तीन वटा कृति प्रकाशित छन् भने अर्को यौटा कृति पनि प्रकाशित हुने पर्खाइमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर