काठमाडौं ,५ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताउनुभएको छ ।

संसद बैठकपछि सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गर्दा उहाँले स्पष्ट जवाफ दिदै भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ र त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

तपाईको पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरुको एक अर्को प्रश्नको जवाफमा उहाँले भन्नुभयो त्यसवारे पछि भनौंला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर