काठमाडौँ, ३ माघ । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा ९माओवादी केन्द्र०का भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा नेकपा ९एमाले० की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको पक्षमा २९ र मानबहादुर रावलको पक्षमा २३ मत परेको थियो । भण्डारीको समर्थकमा माओवादी केन्द्रकी गीतदेवी माल हुनुहुन्थ्यो । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत जाहेर गर्नुभएको थियो ।
मधेस प्रदेश : सभामुखमा सत्ता पक्षका मण्डल निर्वाचित
मधेस प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले एक सय तीनमध्ये ७४ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा २९ मत परेको छ । मण्डललाई नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।
लुम्बिनी प्रदेश सभामुख र उपसभामुखमा निर्विरोध
लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो । उहाँलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा (एमाले)का प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी समर्थक रहनुभएको थियो ।
यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताउनुभयो । उहाँले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो ।
