काठमाडौ, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को आज वसेको आकस्मिक बैठकले उक्त समिति गठन गरेको हो । समितिमा पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक हुुनुहुन्छ ।
समितिमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवं हवाईविज्ञ दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन एवं हवाईविज्ञ सुनील थापा र इन्जिनियर टेकराजजंग थापा सदस्य तथा सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।
समितिलाई दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा सुरक्षाका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न ४५ दिनको समय दिइएको बैठकपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको छ ।
