काठमाडौँ, २३ पुस । कवि दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
आज यहाँ कवि दैवज्ञराज न्यौपानेको ११ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले नेपाली साहित्यमा योगदान पु¥याउने वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, वरिष्ठ कवि जसराज किराँती र वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीलाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले पूर्वाअञ्चल बालसेवा आश्रमका समाजसेवी सीता पोखरेललाई पनि सम्मान गरेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा सुरेशराज शर्माले साहित्य स्रष्टाका सिर्जनाले समाजदलाई जिवित राख्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा नेपाली साहित्य समयमै अनुवाद गर्नसकेको भए विश्वसाहित्य जगतमा चम्किरहेको हुने थियो । समाजलाई जिवित राख्न तपाईँ (साहित्य स्रष्टा)को सिर्जनाले सम्भव भएको हो ।” उहाँले कवि न्यौपानेको साहित्यप्रतिको लगाव र योगदानको स्मरणसमेत गर्नुभयो ।

दैवज्ञ विशिष्ट स्रष्टाबाट साहित्यकार प्रा डा त्रिपाठी, दैवज्ञ साहित्य पुरस्कारबाट कवि जसराज किराँती, दैवज्ञ बालसाहित्य पुरस्कारबाट बालसाहित्य स्रष्टा पराजुली र समाजसेवा पुरस्कारबाट पाखरेल पुरस्कृत हुनुभएको हो । प्रतिष्ठानले स्रष्टालाई सम्मानपत्रसहित नगर ५५ हजार देखि ३३ हजार रुपैयाँसमेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर