काठमाण्डौं, २३ पुस । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न लागेको हो ।

यसपटकको चरा गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको छ ।

चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभएको जानकारी अनुसार गणनाको काम तीन हप्ता हुनेछ ।

नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर