पेरिस, २७ मङ्सिर, ।  पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् ।

फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् ।मन्त्री क्याथरिनले भनिन्- यी “नयाँ प्रतिबद्धताहरू हुन्, यो सहायता अथवा उपहार हो। यो ऋण होइन।”

युक्रेनले ‘नयाँ वास्तविकता’ स्वीकार्नुपर्छःक्रेमलिन

क्रेमलिनले कीभले रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता दिएन भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै प्रगति हुन नसक्ने बताएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको यस क्रिसमसमा सरुसले सेना फिर्ता गर्छ भन्ने भनाइलाई गलत साबित गरेका छन् ।

उनले युक्रेनले धरातलीय यथार्थलाई स्वीकार्नु पर्ने बताएका छन् ।उनका अनुसार यीरूसी संघमा थपिएका नयाँ क्षेत्रहरूलाई युक्रेनले स्वीकार्नुपर्ने अन्यथा वार्तामा कुनै प्रगति नहुने बताएका छन् ।

मस्कोले चारवटा दक्षिणी र पूर्वी युक्रेनी क्षेत्रहरू – डोनेट्स्क, लुगान्स्क, जापोरिझ्झिया र खेर्सन – तिनीहरूलाई पूर्ण रूपमा नियन्त्रण नगरे पनि आफ्नो कब्जा गरेको दाबी गरेको छ।

नोभेम्बरमा मस्कोले मुख्य शहर खेरसोनबाट बाहिर निस्के पनि खेरसन क्षेत्रको अधिकांश भागमा नियन्त्रण कायम राखेको छ।
सोमबार जी-७ राष्ट्रहरूलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई “आक्रमण” त्याग्न र यो क्रिसमसमा युक्रेनबाट सेना फिर्ता गर्न आग्रह गरेका थिए।

यद्यपि जेलेन्स्कीको सो आग्रहलाई क्रेमलिनले मङ्गलबार अस्वीकार गरेको छ ।यसै बीच जेलेन्स्कीले युक्रेनका लागि थप हतियार र आर्थिक सहयोग गर्न सहयोगीहरूलाई आह्वान पनि गरेका छन्।राष्ट्रपति पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाउँदै र पश्चिमा देशलाई “असैनिकीकरण” गर्नुपर्ने धारणा राकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर