काठमाडौँ, २६ मङ्सिर । जाजरकोटमा आज जीप दुर्घटना हुँदा  ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ११जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।-

 मृतक र घाइते को नामावली यसप्रकार छ

चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७)राम बहादुर बुढा – छेडागाड ६  जाजरकोट
८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११)निशा अधिकारी  –छेडागाड जाजरकोट

घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर