काठमाडौ, २० मंसीर । उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सार्वजनिक स्थलबाट अनुचित वसोवास हटाउन माग गर्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिएको छ ।

समितिले सुकुमबासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने, सही सुकुमबासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग गरेका छन् ।

सहभागीले सुकुमबासीको नाममा राजनीति गर्न पाईदैन, भूमि भएका कसरी सुकुमबासी भन्ने प्रश्नसहितका प्लाकार्ड लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर