दक्षिण अफ्रिका, १८ मंसीर । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाको एक फार्मबाट पैसा चोरी भएको घटना बाहिरिएपछि उनीमाथि लागेको घोटालाको आरोपका बाबजुद राष्ट्रपतिले राजीनामा नदिने उहाँका प्रवक्ताले बताएका छन्।

उहाँले आफ्नो सम्पत्तिको रुपमा राखेको ठूलो रकम चोरी भएको विषय ढाकछोप गरेको आरोप छ।

कानुनी विज्ञहरूको समूहले उहाँले यस विषयमा जवाफ दिनुपर्ने निष्कर्ष निकालेको थियो।

तर रामापोसाका प्रवक्ताले उहाँले कानुनी लडाई तड्ने र पद त्याग गर्नुको साटो अफ्रिकन न्याशनल कांग्रेस पार्टीको प्रमुखका रूपमा दोस्रो कार्यकाल दाबी गर्ने बताए।
त्रुटिपूर्ण विवरणहरूलाई आधार बनाएर राष्ट्रपति रामापोसाले न त राजीनामा नदिनु हुन्छ न त पछि हट्नु हुन्छ, प्रवक्ता भिन्सेन्ट म्याग्वेन्याले भने।

राष्ट्रपति रामापोसाको कार्यकालमा यस्तो स्पष्ट रूपमा त्रुटिपूर्ण प्रतिवेदनलाई चुनौती दिइँदै छ। यो हाम्रो संवैधानिक लोकतन्त्रको दीर्घकालीन हित र स्थायित्वको पक्षमा हुन सक्छ, उनले थप प्रस्ट्याए।
गत जुन महिनामा दक्षिण अफ्रिकाका पूर्व जासुस प्रबन्धक अर्थर फ्रेजरले, राष्ट्रपतिले सन् २०२० मा आफ्नो फाला फाला खेल फार्ममा लुकाएर राखिएको ४० लाख अमेरिकी डलर नगद चोरी भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि राष्ट्रपतिमाथि घोटालाको आरोप लागेको हो।

रामापोसाले रकम चोरी भएको स्वीकार गर्नुभयो तर उल्लेखित रकम ४० लाख डलर नभई पाँच लाख ८० हजार डलर (सात करोड ६५ लाख नेपाली रुपैया) मात्रै भएको दाबी गर्नुभयो ।

उक्त रकम भैँसी बिक्रीबाट प्राप्त भएको राष्ट्रपतिले दाबी छ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहेको निर्णायक मण्डलले भने भैँसीको बिक्री साँच्चै भएको हो या होइन भन्नेबारे आशङ्का गर्ने पर्याप्त ठाउँ रहेको बताएको थियो।

कानुनी विज्ञहरूको निष्कर्ष संसद्लाई हस्तान्तरण गरिएको छ र उक्त प्रतिवेदनको जाँच गरी राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्ने तयारी भएको छ।
रामापोसालाई प्रतिपक्षी र उहाँको सत्तारुढ अफ्रिकन कांग्रेस एएनसीका प्रतिद्वन्द्वीहरूले पनि राजीनामा दिनका लागि दबाब दिइरहेका छन्।
यसअघिको बैठकमा सहभागी हुन नसकेपछि उहाँले आइतवार र सोमबार एएनसीको शीर्ष नेतृत्व निकायलाई भेट्ने कार्यक्रम तय भएको छ।
यस घोटालाको घटना विशेष गरी रामापोसाका लागि निकै क्षति पुर्‍याउन सक्छ। किनकि उहाँले आफ्ना पूर्ववर्ती, ज्याकब जुमा नेतृत्वमा रहँदा देशमा व्याप्त भ्रष्टाचार हटाउने वाचा गर्दै सत्तामा आएका थिए।
एएनसीमा जुमाका समर्थकहरू र रामापोसालाई समर्थन गर्नेहरूबीच व्यापक विभाजन छ।

रामापोसालाई एएनसीको नेतृत्वका लागि उहाँका पूर्व स्वास्थ्यमन्त्री ज्वेली मखिजले चुनौती दिनेछन्। उनी स्वयं पनि भ्रष्टाचारको आरोपित हुन् र उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर