सुनसरी, १५ मंसीर । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँले नेकपा एमालेका जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको थियो भने कुसियतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको थियो ।

भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी ४ बाट चुनाव लड्दै आउनुभएका सञ्चारमन्त्री कार्कीको सुनसरीबाट यो दोस्रो विजय हो ।
कार्की आएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर